आज स्टेडियममा हुनेछन् ४० हजार अर्जेन्टिनी नागरिक
पाेखरा | पुस ३, २०७९
फुटबल विश्वकपको फाइनल आज कतारको लुसेलस्थित स्टेडियममा हुँदैछ । नेपाली समयानुसार खेल पौने ९ बजेदेखि सुरु हुनेछ । यस स्टेडियमको क्षमता करिब ९० हजार रहेको बताइएको छ ।
यही रंगशालामा २२ औं विश्वकपको उपाधि जित्न पूर्वविजेता फ्रान्स र अर्जेन्टिनाबीच खेल हुँदैछ ।
यसपटकको खेलमा दुबै देश इतिहास रच्न चाहन्छन् । फ्रान्स उपाधि दोहोर्याउन चाहन्छ भने अर्जेन्टिना र मेस्सी दुबै ‘नाम’ राख्न चाहन्छन् । त्यसो त फ्रान्सको तुलनामा अर्जेन्टिनाको विश्वव्यापी फ्यान धेरै छन् ।
विश्वमै लायोनेल मेस्सीका फ्यान छन् भने देशभित्र पुरै जनसंख्या छ । यही जनसंख्याबाट करिब ४० हजार अर्जेन्टिनी आजको फाइनल हेर्न र टीमलाई समर्थन गर्न लुसेलमा हुनेछन् ।
३५ वर्षे मेस्सीसँगै ३६ वर्षपछि उपाधि जित्न अर्जेन्टिनीहरु कतारमा उर्लिदा त्यहाँको सडक उनीहरुको अधिनमा रहेको देखिएको छ । र, आज तिनै ४० हजार देशवासीसँगै मेस्सीले पनि गाउँनेछन् ‘मुचाचो, अहोरा नो भोल्भिमो आ इलुजिना ...’ जसको सार छ, हामी आशावादी छौं, तेस्रो पटक जित्छौं, हामी च्याम्पियन हुनेछौं ।
कतारको लुसेलमा जम्मा भएका अर्जेन्टिनीमध्ये ठूलो संख्या राजधानी ब्यूनस आयर्सबाट कतार पुगेका हुन् । टिम फाइनलमा पुगेपछि टिकटमा कालोबजारी भएको भन्दै उनीहरुले कतारस्थित दूतावासमा गुनासोसमेत गरेका छन् ।
अधिकाँश समर्थकहरु यस फाइनललाई अविस्मरणीय क्षण भन्दै सडकमा नाच्न, गाउँन व्यस्त छन् । जसमध्ये मट्टियाज भन्छन्, ‘मेरो देश अब कहिले फाइनलमा पुग्छ र म हेर्न पाउँछु वा पाउँदिन थाहा छैन, म खेलको अन्त्यसम्म खुशी मनाइरहनेछु ।’
‘डोन्ट कल मी फेक फ्यान’ भन्ने उनको गीत पनि सामाजिक सञ्जालमा हेर्नेको संख्या ह्वात्तै बढेको छ ।
करिब १३ हजार किलोमिटर टाढाबाट उपाधि चुम्न आएका ४० हजार अर्जेन्टिनीको सपना आजको रात पुरा होला त ?
– एजेन्सीको सहयोगमा ।
काठमाडौं: ‘घरज्वाइँ’ फेम्ड निर्देशक अनिल बुढामगरको दोस्रो कथानक फिल्म ‘मीतज्यू’ को निर्माण सुरु भएको छ । शनिबारदेखि फिल्मको अभिनय कार्यशाला सुरु भएको छ । कार्...
काठमाडौं: मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले भोलि संयुक्त आन्दोलन गर्ने घोषणा गरेको छ। आइतबार पत्रकार सम्मेलन गर्दै जेनजी समूहले सडकमा रहेका सबै जेनजी अभियन्ता,घाइते तथा सहिद परिवारलाई समेटे...
पोखरा: तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८/९ स्थित घलेलमा २७ औं घलेल ल्होछार उत्सव हुने भएको छ । बौद्ध सृजना युवा क्लबको आयोजनामा आगामी ...

